पूर्व ‘डब्लुडब्लुई रेसलर’ शेड ग्यासपार्ड पौडी खेल्ने क्रममा समुद्रमा बेपत्ता
काठमाडौं । पूर्व विश्व रेसलिङ एन्टरटेन्मेन्ट (WWE) का रेसलर शेड ग्यासपार्ड दक्षिण क्यालिफोर्नियाको समुद्रमा गत हप्ता आफ्नो छोरासँग पौडी खेल्न गएपछि बेपत्ता भएका छन । ग्यासपार्डका १० वर्षीय छोरा एरीह र अन्य धेरै पौडी खेल्नेहरुलाई सुरक्षित तरिकाबाट समुद्रबाट बाहिर निकालिएको थियो । उनीहरु आइतबार दिउँसो लस एन्जलसको भेनिस बीचको अग्लो ज्वारमा फसेका थिए ।
लस एन्जलस प्रहरीको एक विज्ञप्तिमा ग्यासपार्डलाई अन्तिम पटक लाइफ गार्डले ठुलो छालले समुद्रमा बगाएको देखेको जनाएको छ । प्रहरीका अनुसार ३९ बर्षीय ग्यासपार्ड समुद्रि किनारबाट करिब ४६ मिटरको दुरीमा टाढा थिए जब उनी अन्तिम पटक देखिए ।
घटना पछि ग्यासपार्डकी श्रीमती सेलिनाले एक विज्ञप्ति जारी गर्दै भनिन्, “म लाइफ गार्ड, गोताखोर, पुलिस र स्थानीय प्रशासनलाई धन्यवाद दिन्छु कि उनीहरूले मेरो बच्चा एरीहलाई बचाएका छन र मेरो पतिलाई खोजिरहेका छन्। हामी वाहा सुरक्षित रूपमा फर्कनको लागि प्रार्थना गरिरहेका छौं। एउटा परिवारको रूपमा, म ती सबैलाई धन्यवाद दिन चाहन्छु जो यस कठिन समयमा हाम्रो लागि प्रार्थना गरिरहेका छन्।”
ग्यासपार्डले सन २०१० मा WWE लाई अलविदा गरेका थिए। त्यसपछि उनी धेरै टिभी कार्यक्रम र सिनेमामा सानो भूमिकामा देखापरे। उनी सन २०१५ मा केभिन हार्टको लोकप्रिय कमेडी शो गेट हार्डमा पनि देखा परेका थिए ।
Facebook Comment