कतारमा १ लाख ७० हजार ४ सय ३७ जनामा कोरोनाकाे परीक्षण, ३७ हजार ९७ जनामा संक्रमण

डिसी नेपाल
७ जेठ २०७७ १७:४७

काठमाडौँ । खाडीमुलुक कतारमा बुधवार १ हजार ४ सय ९१ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३७ हजार ९७ पुगेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५५ जनामा कोरोनाको परीक्षण गरिएको थियो । बुधवार थप १ जनाको मृत्युसमेत भएको मन्त्रालयले जनाएको छ । योसँगै कतारमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपचारपछि ९ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या ६ हजार ६ सय पुगेको छ ।

मन्त्रालयले अहिलेसम्म १ लाख ७० हजार ४ सय ३७ जनामा कोरोनाको परीक्षण गरिएको जनाएको छन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । तर, कतारमा सरकारी तथ्याङक भन्दाबढि करिब ४ लाख नेपाली रहेको अनुमान छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।

दूतावासले यकिन तथ्याङक आफूसँग नभएता पनि नेपालीहरु संक्रमित भने भएको बताउँदै आएको छ । संक्रमित भएका नेपालीहरुमध्ये कतिपय निको समेत भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *