समुद्रमा बेपत्ता भएका पूर्व ‘डब्लुडब्लुई रेसलर’ शेड ग्यासपार्ड मृत अवस्थामा फेला
![समुद्रमा बेपत्ता भएका पूर्व ‘डब्लुडब्लुई रेसलर’ शेड ग्यासपार्ड मृत अवस्थामा फेला](https://www.dcnepal.com/wp-content/uploads/2020/05/Shad-Gaspard-Dead-at-39-After-Going-Missing-at-Venice-Beach.jpg)
काठमाडौं । क्यालिफोर्नियाको समुद्रमा गत हप्ता आफ्नो छोरासँग पौडी खेल्न गएपछि बेपत्ता भएका पूर्व ‘डब्लुडब्लुई रेसलर’ शेड ग्यासपार्ड मृत अवस्थामा फेला परेका छन । आईतबार बेपत्ता भएका शेड ग्यासपार्डको लास करिब ३ दिन पश्चात दक्षिणी क्यालिफोर्नियाको समुद्र तटमा फेला परेको हो ।
गत आईतबार दिउसो उनी १० बर्षीय छोरा सहित लस एन्जलसको भेनिस बीचमा पौडी खेलने क्रममा बेपत्ता भएका थिए । ग्यासपार्डका १० वर्षीय छोरा एरीह र अन्य धेरै पौडी खेल्नेहरुलाई सुरक्षित तरिकाबाट लाइफ गार्डले समुद्रबाट सुरक्षित तरिकाले बाहिर निकालेपनि उनी बेपत्ता रहेका थिए ।
शेड ग्यासपार्ड बेपत्ता भएपछि WWE का सबै स्टार रेसलरहरू, भिन्से मिकम्यान, द रक, गोल्डबर्ग, केभिन ओभेन्स, क्रिस जेरीचो, एमभिपि, मिक फोलेले शेड ग्यासपार्ड लागि प्रार्थना गरे, तर त्यसो भएन। शेड ग्यासपार्डले ३९ वर्षको उमेरमै संसार छोडे ।
Facebook Comment