कोरोना महामारीका बीच अमेरिकाको मिशिगनमा अर्को विपत्ति !
काठमाडौं। अमेरिकाको मिशिगनमा कोरोनाभाइरसका साथसाथै अर्को विपत्ति आएको छ । यहाँ पछिल्लो ४८ घण्टा लगातार ठूलो वर्षा भएका कारण दुईवटा बाँध एकसाथ भत्किएका छन् । बाँध भत्किएपछि शहरमा बाढी आएको छ । बाीबाट बचाउन १० हजार नागरिकलाई अन्यत्र सारिएको छ । हजारौंको संख्यामा नागरिक घरबारविहीन भएका छन् ।
मंगलबारदेखि लगातार वर्षाका कारण मिशिगनको मिडल्याण्ड काउन्टीदेखि करिब ३० किलोमिटर टाढा रहेको बाँध भत्कियो । जसका कारण ४० हजार जनसंख्या भएको मिडल्याण्ड काउन्टीमा बाढी आयो । बाँध भत्किएर बाढीको रुपमा आएको पानी सेनफोर्ड तालमा गयो । तालमा पानीको मात्रा धेरै भएपछि शहरमा पस्यो । तालबाट निस्किएको ठूलो पानीका कारण बाढीको स्थिति आयो । २ वर्ष पहिले एडेनभिलेस्थित बाँधको रिपोर्ट आएको र त्यसमा बाँधले पानीको धेरै दबाब झेल्न नसक्ने उल्लेख भएको बताइन्छ ।
Facebook Comment