अनलाईनबाट बीमालेख बिक्री गर्न पाउने, व्याजदरमा १५ प्रतिशत छुट

डिसी नेपाल
८ जेठ २०७७ १६:५१

काठमाडौं । बीमा कम्पनीहरुले अब अनलाईनमार्फत बीमा लेख बिक्री गर्न पाउने भएका छन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र लकडाउनको अवधि समेत बढेपछि बीमा समितिले अनलाईनमार्फत बीमालेख बिक्री गर्न सक्ने व्यवस्था गरेको हो ।

अनलाईन बिमा लेख बिक्रीका लागि कम्पनीहरुले कार्यविधि बनाएर समितिबाट स्विकृत भने गराउनुपर्नेछ । ‘बीमा कम्पनीहरुले अनलाईनबाटै बीमालेख बिक्री गर्न चाहेमा ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ को अधिनमा कार्यविधि तयार गर्न सक्ने र समितिले औचित्यताका आधारमा स्विकृत गर्नेछ’ समितिको सूचनामा उल्लेख छ ।

जीवन बीमा कम्पनीहरुले अभिकर्तामार्फत बीमा गराउदै आएका छन् । कोरोना संक्रमण र लकडाउनका कारण अभिकर्ताहरु हिड्न नपाउदा अहिले नयाँ व्यवसाय विस्तार ठप्पप्रायः छ ।

यसैगरी समितिले बीमा लेख धितोमा ऋण लिनेहरुलाई लकडाउन अवधि सकिएको एक महिनाभित्रमा व्याज बुझाउन आएमा १५ प्रतिशत व्याज छुट दिन निर्देशन समेत दिएको छ ।

यसअघि समितिले बीमाको प्रिमियम लकडाउन सकिएको १५ दिनसम्म बुझाउन सकिने र उक्त अवधिमा कुनै व्याज र हर्जाना नलिन कम्पनीलाई निर्देशन दिइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *