थप तीन जनामा कोरोना, संक्रमितको संख्या ४ सय ५७ पुग्यो
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना देखिएको छ। बिहिबार साँझ बाँकेमा २ र कपिलवस्तुमा १ गरी थप ३ जना कोरोना संक्रमित भेटिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।
प्रतिक्रिया
Facebook Comment