पत्रकार जमाल खशोग्गीका हत्यारालाई माफी !

डिसी नेपाल
९ जेठ २०७७ १५:२१

काठमाडौं। हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीका छोराले शुक्रबार आफ्नो परिवारले आफ्ना पिताका हत्यारालाई माफ गरिदिएको बताएका छन् । उनका छोरा सालाह खशोग्गीले ट्वीटरमा लेखे ‘म शहीद जमाल खशोग्गीको छोरा हुँ । म घोषणा गर्छु कि हामी आफ्ना पिताको हत्या गर्नेहरुलाई माफ छर्दछौं ।’ सालाह पनि साउदी अरबमा बस्छन् । उनको घोषणाले जारी मुद्दामा कति प्रभाव पर्छ भन्ने अहिले प्रस्ट भइसकेको छैन ।

जमाल खशोग्गी अमेरिकी अखबार वाशिङटन पोस्टका पत्रकार थिए । उनी साउदी शाही परिवारका आलोचक बनेका थिए । २ अक्टोबर २०१८ मा टर्कीको इस्तानबुलमा साउदीको दूतावासमा उनको हत्या गरिएको थियो । खशोग्गीको मृत शरीर भने भेटिएन । यो हत्याकाण्डपछि साउदीको राज परिवार विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा आक्रोश बढेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *