कविता – “के परदेशी नेपाली नै हैन”
कविता
के परदेशी नेपाली नै हैन ?
मर्छु कि त ठेगान छैन, क़हर काट्छु अरब
कोरोनाको अन्त्य गर्न, आउला सरकार खरब ।
अस्पताल त कहाँ देख्नु, खाने गासनी छैन
परदेशीने हामी ग़रीब, के नेपाली हैन।
दुतावासको फोन नै बन्द, कसलाई लाई आफ्नो मानौं
के गरेको कोरोनाले, हामी के नै जानौं ।
भोंक भोकै छु अरब खाड़ी, रुममा चामल छैन
परदेशीने हामी गरीब, के नेपाली हैन।
पल्लो साथि भोकै सुत्यो, आज गास नि छैन
साहुले दिनने दुई चार हजार, महन्गीले रैन ।
घरमा बुढा बाबा आमा, भित्रै बन्द छन् रे
धनिमानि लुटीराछन्, यही नेपाली पन रे ।
अरब तिर गाउँले भाईलाई, कोरोनाले खायो
पैसा नभई रोई कराई, धाउनु सम्म धायो ।
आखिर आफ्नो को हुन्छ र, मरभुमिको खाड़ी
भन सरकार हामी बोक्न, कहीले आउँला गाड़ी ।
भोंको पेटको पिडापनि, सुन्छस् कि त सत्ता
औषधी को ठेगान छैन, लाग्यो कि त पत्ता ।
आधा पेट नि पुग्दैन खै, अब गास नि छैन
भन सरकार हामी गरीब, के नेपाली हैन ।
आकाश को त्यो गाड़ी हेरी, पानी खाँदै बस्यौ
कठै बरा गरीब हामी, कुन कुनामा फस्यौं ।
मरे पनि डोजर ल्याउँदै, गाड्छ सरकार सुन
कहिले आउला हामी गरीब, नेपाल आउने दीन ।
भोक भोकै नमार भो, पठाई देउ न गाड़ी
जे जे भन्छौ त्यो त्यो मान्छौ, छाम बरु नाड़ी ।
अति भयो मर्छौ सरकार, आधा गास नि छैन
भन सरकार, के परदेशी नेपाली नै हैन
नेपाली नै हैन ।।
सुशिल ओझा गोदावरि नगरपालिका
अत्तरिया, कैलाली
Facebook Comment