कोरोनाभाइरसले शरीरमा आक्रमण गर्ने प्याटर्न पत्ता लाग्यो, प्रतिरोधी क्षमतालाई यसरी रोक्छ

डिसी नेपाल
१० जेठ २०७७ १२:३७

काठमाडौं। कोरोनाभाइरसले मानव शरीरमा संक्रमणबाट बचाउने जीनहरुमा आक्रमण गरिरहेको छ । न्यूयोर्कको आइकन स्कुल अफ मेडिसिनका भाइरस विशेषज्ञहरुको अनुसन्धानमा यो खुलासा भएको हो ।

शोधकर्ताहरुका अनुसार भाइरस ती जीनहरुमा हावी भइरहेको छ जो भाइरसलाई शरीरमा संख्या बढाउनबाट रोक्छन् र शरीरको रोग प्रतिरोधी प्रणालीलाई सचेत बनाउँछन् । यस्तो गरेर भाइरसले तीव्र गतिमा शरीरभित्र आफ्नो संख्या बढाउँछ र धेरै अंगहरुसम्म पुग्छ ।

शोधकर्ताहरुका अनुसार मानव शरीरमा दुई जीनहरुको एक समूह हुन्छ । एउटा जीनले भाइरसलाई संख्या बढाउनबाट रोक्छ र अर्कोले प्रतिरोधी प्रणालीलाई सचेत बनाएर भाइरसलाई मार्ने सन्देश दिन्छ । कोरोनाभाइरसले शरीरमा प्रवेश गर्नासाथ यिनै दुई जीनमाथि आक्रमण गर्छ ।

शोधकर्ताहरुले २ जीनको सेटको नाम ‘कल टु आर्म’ भनेका छन् । सेल जर्नलमा प्रकाशित शोधका अनुसार यसलाई बुझ्नको लागि मानिसको फोक्सोका कोशिकाहरु र संक्रमित जनावरहरुको अध्ययन गरियो । यसमा संक्रमणबाट बचाउने जीनको प्रतिक्रिया निकै सुस्त थियो ।

शोधकर्ताहरुका अनुसार जो मानिसहरु संक्रमित हुन्छन् उनीहरुको शरीरमा कोरोनाभाइरस फोक्सोमा पुगेर आफ्नो संख्या बढाउन सुरु गर्छ । यहाँबाट संक्रमण यति तीब्र गतिमा फैलिन्छ कि प्रतिरक्षा प्रणालीका फरक फरक किसिमका कोशिकाहरु (न्यूट्रोफिल्स, म्याक्रोफेजेस, लिम्फोसाइट्स) जब आफ्नो काम गर्छन्, भाइरस बेकाबु हुन्छ ।

शोधकर्ता र भाइरस विशेषज्ञ डा. बेन्जामिन टेनोभरका अनुसार संक्रमण अधिक बढेपछि कैयौं पटक प्रतिरोधी प्रणालीले शरीरविरुद्ध काम गर्न थाल्छ । यसलाई साइटोकाइनिन स्टर्म भनिन्छ । कोरोनाभाइरसले जसरी आफ्नो असर देखाइरहेको छ यस्तो विगत २० वर्षमा आफूले नदेखेको उनले बताए ।

यस्ता बिरामी जो भेन्टिलेटरमा छन् उनीहरु त्यतिबेला मात्र त्यहाँ पुग्छन् जब स्थिति निकै नाजुक भइसकेको हुन्छ । यो स्थितिमा यस्तो उपचारको आवश्यकता हुन्छ जसले भाइरसलाई नियन्त्रण गरोस् । उनीहरुलाई इन्टरल्यूकिन ६ र इन्टरल्यूकिन १ इन्ह्याबिटर जस्ता औषधी दिन सकिन्छ । यी औषधीले प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने काम गछृन् ताकि सुन्निने र संक्रमणलाई रोक्न सकियोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *