दुरुत्साहन मुद्दामा प्रहरी जवान पुर्पक्षका लागि थुनामा

डिसी नेपाल
१० जेठ २०७७ २१:५६

बलेवा । बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले थुनामा राख्न आदेश दिएको हो । उनलाई कारागारमा राख्न अदालतले आदेश दिएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

आत्महत्या दुरुत्साहनको आरोप लागेका प्रहरी जवान दवाडीविरुद्ध सम्झनाका बुबा खड्कबहादुर सार्कीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तनहुँको व्यास नगरपालिका वडा नं ८ का स्थायी बासिन्दा दवाडी जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत रहँदै आफूसँग सम्बन्धमा रहेको र उनैको व्यवहारका कारण आत्महत्या गर्नुपरेको सम्झनाले सुसाइट नोटमा उल्लेख गरेकी थिइन् ।

गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको देवानी संहिता २०७६ ले आत्महत्या दुरुत्साहन गर्नेलाई कारवाहीको व्यवस्था गरेको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ । सम्झनाले गत वैशाख १६ गते बिहान आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *