जापानकी व्यवसायिक महिला (रेस्लर) को मृत्य

काठमाडौं । जापानकी व्यवसायिक महिला कुस्ती (रेस्लर) खेलाडी हाना किमुराको मृत्यु भएको छ । बाइस वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी छिन । तीनजना पुरुष र किमुरासहित तीन महिला सम्मिलित उक्त शो कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच केही दिनअघि मात्रै स्थगित गरिएको थियो ।
किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको मृत्युको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ । उनको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् । मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गरेकी थिईन । बिरालोसँगै फोटो अपलोड गरी उनले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर साझा गरेकी थिईन ।
शुक्रबार नै किमुराले इन्स्टाग्राममा आफू अझै मानव हुन नचाहेको र प्रशंसक धन्यवादसहित अभिवादन गरेपछि किमुराको अवस्थाबारे सोधखोज गर्न सुरु भएको थियो ।
किमुराकी आमा क्योको किमुरा पनि चर्चित कुस्ती खेलाडी थिईन ।
Facebook Comment