अमेरिका, स्पेन र ब्राजिलमा घट्यो कोरोना संक्रमण र मृत्युदर
काठमाडौँ । कोरोना भाइरस (काेभिड १९) को केन्द्रविन्दु बनेका अमेरिका, स्पेन र ब्राजिलमा पछिल्लो समय काेराेनाकाे संक्रमण र मृत्युदर घट्दै गएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा २१ हजार ९२९ जना कोरोना संक्रमित फेला परको छन् भने १ हजार ३६ जनाको ज्यान गएको छ।
अघिल्लो दिन अमेरिकामा २४ हजार १९७ नयाँ कोरोना संक्रमित फेला परेका थिए भने् भने एक हजार २९३ संक्रमितको ज्यान गएको थियो ।
हालसम्म अमेरिकामा १६ लाख ६६ हजार ८२८ जना मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४ लाख ४६ हजार ९१४ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने ९८ हजार ६८३ को ज्यान गएको छ ।
यस्तै, पछिल्ला केही दिनदेखि ब्राजिलमा आक्रामक रुपमा फैलिएको कोरोना संक्रमण पनि केही घटेको छ ।
ब्राजिलमा शनिबार १६ हजार ५०८ जना नयाँ संक्रमित थपिएका छन् भने ९६५ जनाको ज्यान गएको छ ।
अघिल्लो दिन ब्राजिलमा १९ हजार ९६९ जना नयाँ संक्रमित थपिएका थिए भने ९६६ जना संक्रमितको ज्यान गएको थियो ।
यस्तै, लामो समयदेखि महामारीको रुप लिएको स्पेनमा पनि पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण र मृत्युदर घट्दै गएको छ ।
शनिबार स्पेनमा ४६६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ५० जनाको ज्यान गएको छ । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ३७० पुगेको वल्डोमिटरले जनाएको छ । हालसम्म स्पेनमा २८ हजार ६७८ जनाको ज्यान गएको छ।
अघिल्लो दिन स्पेनमा १ हजार ७८७ जना नयाँ संक्रमित फेला परेका थिए भने ६८८ संक्रमितको ज्यान गएको थियो ।
हालसम्म विश्वका २१३ देश र दुई वटा पानी जहाजमा फैलिएको कोरोनाको संक्रमणबाट ५४ लाख १ हजार २२२ जना संक्रमित भएका छन्। जसमध्ये २२ लाख ४७ हजार १०९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३ लाख ४३ हजार ७९९ जना संक्रमितको ज्यान गएको छ।
Facebook Comment