इङलिस प्रिमियर लिगका अन्य दुई खेलाडीहरुमा कोरोनाभाइरसको संक्रमण

काठमाडौं । विश्वभर बढेको कोरोनाको संक्रमणबाट खेल गतिविधिहरु पनि प्रभावित भएका छन् । यसैगरी कोरोनाबाट खेलाडीहरु संक्रमित हुने क्रम पनि बढदै गईरहेको छ । यसक्रममा इङलिस प्रिमियर लिगका अन्य २ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
आउदो जुनमा लिग शुरु गर्ने गरी अभ्यास शुरु गरेको टोलिहरुको गत मे १७–१८ मा ७ सय ४८ जना खेलाडी र खेल अधिकारी परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । हाल आएर फरक–फरक क्लबका अन्य २ खेलाडीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो संगै लिगका कुल ८ खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसका कारण गत १३ मार्चदेखि प्रिमियर लिग स्थगित छ । लिगमा यो सिजनको ९२ खेल बाँकी छ । स्थगित प्रिमियर लिग आउदो जुनको १२ तारिखदेखि फेरि शुरु गर्ने गरी तयारी भइरहेको छ । तर खेलाडीमै संक्रमण देखिएपछि सर्न सक्ने सम्भावना बढेको छ ।
Facebook Comment