भिन्सी टि १० प्रिमियर लिगको दोस्रो दिन नयाँ किर्तिमान कायम
![भिन्सी टि १० प्रिमियर लिगको दोस्रो दिन नयाँ किर्तिमान कायम](https://www.dcnepal.com/wp-content/uploads/2020/05/Screenshot-46.png)
काठमाडौं । वेस्टईन्डिजमा जारी भिन्सी टि १० प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पहिलो दिन ह्याट्रिक तथा दोस्रो दिन सबैभन्दा बढी स्कोरको रेर्कड कायम भएको छ । प्रतियोगिताको चौथो खेलमा ला सोइरेयर हाईकर्सले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनायो ।
यो प्रतियोगितामै कुनैपनि टिमले बनाएको सबैभन्दा बढी स्कोर हो । हाईकर्सका लागि डिलन डगलसले २० बलमा ४० रन र सलवान ब्राउनले १५ बलमा २३ रनको पारी खेलेका थिए । डार्क भ्युका लागि डेरोन ग्रीव्सले ४ विकेट लिए ।
जवाफि ब्याटिङमा आएको डार्क भ्यु एक्स्प्लोरर्सले ३ विकेट गुमाएर १०३ रन मात्र बनाउदै ६ रनको पराजय ब्योहोर्यो । डार्क भ्युका लागि लिन्डन जेम्सले सर्वाधिक ४८ रनको पारी खेले ।
प्रतियोगिताका खेलहरु सेन्ट भिन्सेन्टको अरनोस भेल स्र्पोटिङ कम्प्लेक्समा हुनेछ ।
CCOVID-19 safety measures are still in full effect here at the Arnos Vale Playing Field for VPL T10.#VincyPremierLeague pic.twitter.com/IPfcsiYZMu
— VINCY PREMIER LEAGUE (VPL T10 ) (@VPLT10) May 24, 2020
Facebook Comment