हावाहुरीले एकको मृत्यु, चार घाइते

डिसी नेपाल
११ जेठ २०७७ २१:५२

चितवन । भरतपुर–१ देवघाटमा आइतबार साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा छन् । उनको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु खतरामुक्त रहेका छन् । घटना साँझ ५ः४५ मा भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *