इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउँछः राष्ट्रपति

डिसी नेपाल
१२ जेठ २०७७ ६:१८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छन् ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गरेकी छन् ।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उनले विश्वास व्यक्त गरेकी छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *