भारतमा २४ घण्टामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, १५६ संक्रमितको मृत्यु

डिसी नेपाल
१२ जेठ २०७७ ७:१३

काठमाडौँ । पछिल्लो समय कोरोनाको महामारी फैलिएको भारतमा पछिल्लो २४ घण्टामा संक्रमण झन् बढेको छ।

आइतबार भारतमा ७ हजार ११३ जना नयाँ संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा एकै दिन थपिने नयाँ संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको छ ।

शुक्रबार भारतमा ६ हजार ६५४ जना कोरोना संक्रमित भेटिएका थिए ।

भारतमा आइतबार कोरोनाका कारण १५६ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको वल्डोमिटरले जनाएको छ ।

संक्रमितमध्ये ५७ हजार ६९२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *