भिन्सी टि १० प्रिमियर लिग : ग्रेनेडाईन्स डाईवर्सको पहिलो जित
![भिन्सी टि १० प्रिमियर लिग : ग्रेनेडाईन्स डाईवर्सको पहिलो जित](https://www.dcnepal.com/wp-content/uploads/2020/05/889c300f-19e3-47a7-a685-38550158f86c.jpg)
काठमाडौं । भिन्सी टि १० प्रिमियर लिग अन्तर्गत आईतबार आठौ खेल ग्रेनेडाईन्स डाईवस र फोर्ट सार्लोट स्ट्राईकर बिच भएको थियो । खेलमा डाईवर्सले पहिलो जित हातपार्दै स्टा्रईकरलाई २२ रनले पराजित गरेको छ । यो संगै प्रतियोगितामा स्ट्राईकरले तेस्रो हार ब्योहोरेको छ ।
खेलमा स्ट्राईकरका लागि गिड्रोन पपले बिस्फोटक ब्याटिङ गर्दै ८ छक्काको मदतले ५९ रनको पारी खेलेका थिए । उनीसंगै टिमका कारोन काटायले १३ रन बनाएका थिए । ब्राउनको नाममा ३ विकेट रहेको थियो ।
यसअघि खेलमा डाईवर्सले स्ट्राईकरलाई ११५ रनको लक्ष्य दिएको थियो । निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११४ रन बनाएको डाईवर्सका लागि कप्तान असिम हुपरले ५९ र एलेक्स स्यामुएलले २७ रनको पारी खेलेका थिए । हुपर जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने पहिला खेलाडी हुन ।
Facebook Comment