कुवेतमा एक नेपालीको मृत्यु

कुुवेत । रोजगारीको लागि कुवेत आएका एक नेपालीको मृत्यु भएको छ । कुवेतको अल समस्या क्लिनिङ कम्पनीमा कार्यरत स्याङजाका ३७ वर्षीय अर्जुन गुरुङको मृत्यु भएको हाे ।
गुरुङलाई स्वास्थ्यमा अचानक समस्या देखिएपछि स्थानीय आदान अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको गएको मे २१ तारिख बिहीवार विहान १० बजे मृत्यु भएको बताएको छ । अस्पतालले रिपोर्टमा उनको मृत्युको कारण रक्तसंचारमा गिरावट, श्वास प्रश्वास प्रणाली विफल हुनु र मुटुको मांशपेशी बन्द हुनु बताएको छ ।
प्रतिक्रिया
Facebook Comment