सीमा समस्या समाधानका लागि सरकारको पक्षमा छौं : कांग्रेस

डिसी नेपाल
१३ जेठ २०७७ २१:५२

काठमाडौं । नेपाली कांग्रेसले सीमा विवाद समाधानमा सरकारको साथमा रहेको दोहो¥याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय वैठकमा आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी समेत रहेको नेपाली कांग्रेसले सीमा समस्या समाधानका विषयमा सधै सरकारको साथमा रहेको दोहोर्‍याएको हो ।

कांग्रेसका मुख्या सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारि विज्ञप्तिमा उच्च स्तरीय कुटनैतिक पहलबाट सीमानाको विवाद मिलाउनु पर्ने बताइएको छ । नेपाली कांग्रेसको तर्फबाट सर्वदलीय वैठकमा प्रस्तुत धारणा समेटिएको विज्ञप्तिमा भनिएको छ, ‘उच्च स्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ । हामी यो बिषयमा सरकारको साथमा छौं।’

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री श्री कृष्णप्रसाद सिटौला सहभागी भएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहो¥याउन चाहन्छौं।’

संविधान संशोधनका बारेमा केन्द्रीय समितिमा निर्णय गर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *