आज (बुधबार) बढ्यो यूके पाउण्ड र कतारी रियालको भाउ

डिसी नेपाल
१४ जेठ २०७७ ६:०८

काठमाडौँ । आज जेष्ठ १२ गते (बुधबार) यूके पाउण्ड र कतारी रियालको भाउ बढेकाे छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर स्थिर र कमजोर बनेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ३६ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ २८ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९४ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ४१ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ७० पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ६४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ४१ पैसा रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *