पोखरामा नदीले बगाएर एक जनाको मृत्यु

पोखरा । पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुने गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो। रासस
प्रतिक्रिया
Facebook Comment