सिराहामा एसपीका सुरक्षा गार्ड र सवारी चालकलाई कोरोना संक्रमण

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख, एसपी उमाशंकर चर्तुवेदीका बडी गार्ड र सवारी चालकमा कोरोना संक्रमण भएको छ। एसपीका सुरक्षा गार्ड प्रहरी हवल्दार र उनका चालक प्रहरी जवानमा कोरोना संक्रमण भएको एसपी चर्तूवेदीले जानकारी दिए।
सुरक्षागार्ड र सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि प्रहरी प्रमुख एसपी अहिले होम क्वारेन्टाइनमा बसेका छन्। गार्ड र सवारी चालकलाई कोरोना संक्रमण भएको खबर छ मेरो रिपार्ट आउन बाँकी छ, एसपी चर्तूवेदीले भने।
संक्रमित देखिएका व्यक्तिहरूको नजिकको सम्पर्कमा रहेका १६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ। सिडियो, सहायक सिडियो र एसपीको स्वाब, थ्रोट संकलन गरिएको र त्यसको रिपार्ट नआउदासम्म उनीहरु होम क्वारेन्टाइनमा बसेका छन्। एसपीको बडी गार्डको सम्पर्कमा रहेकाहरुको खोजी कार्य भैरहेको सिराह प्रहरीले जनाएको छ।
Facebook Comment