आज अमेरिकी डलरसहित ७ देशका मुद्राको भाउ बढ्यो
काठमाडौँ । आज जेष्ठ १५ गते (बिहीबार) अमेरिकी डलरसहित ७ देशमा मुद्राको भाउ बढेको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण विदेशी मुद्राको भाउमा उतार चढाव आइरहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ६७ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ ४९ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ६४ पैसा रहेको छ।
Facebook Comment