बेलायतमा कोरोनाले लियो थप एक भूपूगोर्खाको ज्यान

लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमणबाट बेलायतमा अर्का एकजना भूतपूर्व गोर्खाको ज्यान गएएको छ ।
बेलायतको ग्रेज बस्दै ६१ वर्षीय जीतेन्द्र राईको मंगलबार मृत्यु भएको हो ।
पुरख्यौली घर खोटाङ जन्तेडांडा ३ भएका स्वर्गीय राईको पछिल्लो समय उदयपुरमा बसाइ रहेको बताइएको छ।
उनका तीन छोरा र श्रीमती छन् ।
लण्डनस्थित नेपाली दूतावासले ५४ जना भूतपूर्व गोर्खाले कोभिड १९ का कारण निधन भएको पुष्टि गरेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment