स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण पुुष्टि

डिसी नेपाल
१५ जेठ २०७७ ७:५०

काठमाडौँ । स्याङ्जाका थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । स्याङ्जाको वालिङ स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा बसेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीया महिला गरी ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

निर्देशनालयका अनुसार, संक्रमित तीनै जनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

यो सँगै देशभर कोरोना संक्रमितको संख्या ८८९ पुगेको छ । बुधबारसम्म ८८६ जना कोरोना संक्रमित रहेका थिए । जसम्ध्ये ८३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *