२४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै संक्रमति, धेरैको मृत्यु

डिसी नेपाल
१५ जेठ २०७७ ८:११

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन् ।

बुधबार एकै दिन भारतमा ७ हजार २९३ जना कोरोना संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा १९० जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ५३४ पुगेको वल्डोमिटरले जनाएको छ । भारतमा एकै दिन ज्यान गुमाउनेको संख्या याे अहिलेसम्मकै धेरै हो ।

कोरोना संक्रमितमध्ये भारतमा हालसम्म ६७ हजार ७४९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *