सगरमाथाको उचाइ नाप्न गएको टोली शिखरमा पुग्यो, सगरमाथाको उचाइ कति ?

डिसी नेपाल
१५ जेठ २०७७ १०:४५

बेइजिङ। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइको हिसाब गरेर वास्तविक उचाइ सार्वजनिक गर्न वैज्ञानिकहरुलाई २ देखि तीन महिनाको समय लाग्न सक्ने चीनको प्राकृतिक स्रोत मन्त्रालयले बुधबार बताएको छ । तीनको ८ सदस्यीय सर्वे टोली बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेको छ । टोलीले शिखरमा सर्वे मार्कर स्थापना गरेको र जीएनएसएस एन्टेनासमेत जडान गरेको सिन्ह्वाले जनाएको छ

यति भइसकेपछि सगरमाथाको उचाइ नाप्ने काममा फिल्डको काम सकिएको जनाइएको छ । अब यो मापनको तथ्यांकबाट वैज्ञानिकहरुले परम्परागत र आधुनिक गरी कैयौं विधिहरु प्रयोग गरेर उचाइको सही हिसाब गर्नेछन् । तथ्यांकको विश्लेषण र प्रशोधनपछि वैज्ञानिकहरुले सैद्धान्तिक अध्ययन र भेरिफिकेशनपछि मात्र सही उचाइ पत्ता लाग्ने मन्त्रालय स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *