बुन्डेसलिगा : हर्थासंग बराबरी खेल्दा लिपजिगको शिर्ष दुईमा पर्ने सम्भावान कठिन

काठमाडौं । आरबि लिपजिगको अन्तिम आधा घण्टाको खेल १० खेलाडीमा सिमित भएपनि बुन्डेसलिगामा हर्था बर्लिनलाई बुधबार २–२ ले बराबरीमा रोकेको छ । खेलमा कुनै समय अग्रता लिएको लिपजिग हर्थाको फरवार्ड क्रिस्टोफ पियाटेकले खेलको ८२ औ मिनेटमा गरेको पेनाल्टी गोलबाट बराबरी भएको थियो ।
यो गोलसंगै लिपजिगको शिर्ष दुईमा पर्ने सम्भावान कठिन भएको छ । हर्थाको लागि खेलको नवौ मिनेटमा मार्को ग्रुसिचले विपक्षी गोलकिपरको ढिलाईको मौकाको फाईदा उठाउदै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
लिपजिगको लागि खेलको २४ औ मिनेटमा लुकास क्लोस्टरम्यानले गोल गर्दे टिमलाई बराबरीमा ल्याएका थिए । अंक तालिकाको तेस्रो स्थानमा यथावत रहेको लिपजिगको २८ खेलमा ५५ अंक रहेको छ । दशौं स्थानमा रहेको हर्थाको २८ खेलमा ३५ अंक रहेको छ । बुधवार भएको मोङसेङलाबाख र वर्डर बिचको अर्को खेल गोलरहित बराबरी भएको छ ।
Facebook Comment