आर्थिक वर्ष २०७७/०७८ को बजेट : कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत व्याजदरमा ऋण
काठमाडौं। सरकारले कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमै ऋणको ब्यवस्था मिलाएको जानकारी दिए।
व्यवसायीहरुलाई राष्ट्र बैंकले १ खर्ब रुपैयाँको पुनकर्जा कोषमामार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्रीले जानकारी दिए ।
उद्योगीले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने माग गर्दै आएका थिए।
यसैगरी घरेलु, कोरोना प्रभावित श्रमिकको कर्जा भुक्तानीका लागि ५० अर्वको कोष स्थापना गरेको छ। यसैगरी कोरोना प्रभावित संचार व्यवसायलाई इजाजतपत्र नविकरण छुटका साथै चालु पँुँजीका लागि कर्जा सूविधा प्रदान गरिने खतिवडाले बताए।
यस्तै वायु सेवा कम्पनीको पार्किङ, दस्तुर र पूर्वाधार करमा छुट दिने बजेटमा उल्लेख गरिएको छ । अर्थमन्त्री खतिडाले कोरोनाबाट नेपाली अर्थतन्त्र प्रभावित भएपनि यसबाट हामी छिट्टै उठ्ने र त्यसैका लागि बजेटको प्राथमिकता रहेको बताए ।
Facebook Comment