सहकारीलाई मर्जरमा लैजाने

डिसी नेपाल
१५ जेठ २०७७ १७:३७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिने बताए । यसैगरी सहकारीमा नविन प्रविधिको प्रयोग गरी नगद रहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उनले उल्लेख गरे ।

अहिले देशभर ३५ हजार सहकारीमध्ये १४ हजार बचत तथा ऋण सहकारी छन् । सहकारीको संख्या धेरै हुँदा वित्तीय जोखिमका साथै ठगी समेत बढिरहेको छ ।

यसैगरी अर्थमन्त्रीले सहकारी कर्जा सूचना केन्द्रका साथै बचत तथा ऋण सूरक्षण कोष स्थापना गरिने पनि जानकारी दिए ।

यसैगरी सहकारीको थोक उपभोक्ता पसल संचालनका गर्ने उल्लेख गरिएको छ । यस्तै युवाहरुलाई सहकारीमार्फत स्वरोजगारमुलक कामका लागि कर्जा उपलब्ध गराइने र त्यका लागि तीन अर्व ६० करोड रुपैयाँ छुट्याइएको खतिवडाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *