सहकारीलाई मर्जरमा लगिने

डिसी नेपाल
१५ जेठ २०७७ १७:४०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिने बताए।

यसैगरी सहकारीमा नविन प्रविधिको प्रयोग गरी नगद रहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उनले उल्लेख गरे। अहिले देशभर ३५ हजार सहकारीमध्ये १४ हजार बचत तथा ऋण सहकारी छन् । सहकारीको संख्या धेरै हुँदा वित्तीय जोखिमका साथै ठगी समेत बढिरहेको छ।

यसैगरी अर्थमन्त्रीले सहकारी कर्जा सूचना केन्द्रका साथै बचत तथा ऋण सुरक्षण कोष स्थापना गरिने पनि जानकारी दिए। यसैगरी सहकारीको थोक उपभोक्ता पसल संचालनका गर्ने उल्लेख गरिएको छ।

यस्तै युवाहरुलाई सहकारीमार्फत स्वरोजगारमुलक कामका लागि कर्जा उपलब्ध गराइने र त्यका लागि तीन अर्व ६० करोड रुपैयाँ छुट्याइएको खतिवडाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *