प्रिमियर लिगमा कोभिड–१९ संक्रमित खेलाडीहरुको संख्या बढदै

काठमाडौं । ईङलिस प्रिमियर लिग (ईपिएल) को अन्य चार खेलाडीहरुमा कोरोनाभाईरसको संक्रमण भए संगै संक्रमित संख्या १२ पुगेको छ । ईपिएलका अनुसार ३ क्लबका अन्य ४ खेलाडीहरुमा कोरोना पोजेटिभ देखिएको छ । क्लबले अहिलेसम्म संक्रमति खेलाडीको नाम खुलाएको छैन ।
प्रिमियर लिगका अनुसार गत सोमबार र मंगलबार करिब १ हजार ८ खेलाडी तथा क्लबका कर्मचारीहरुको कोरोना परिक्षण गरिएको थियो । परिक्षणको क्रममा ४ खेलाडीहरुमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखीएका खेलाडी तथा स्टाफहरुलाई सात दिनको लागि आईसोलेसनमा बस्न आदेश दिईएको छ ।
यसअघि गत १९ देखी २१ मे सम्म करिब ९९६ खेलाडी तथा कर्मचारीहरुको कोरोना परिक्षण गर्दा २ खेलाडीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसअघि पनि गत मे १७–१८ मा ७४८ खेलाडी तथा कर्मचारीहरुको कोरोना परिक्षण गरिएकोमा तिन क्लबका ६ खेलाडीहरु कोरोना संक्रमण भेटिएका थिए ।
प्रिमियर लिगका खेलहरू १२ जुनदेखि सुरु हुने निर्धारण गरिएको थियो । तर तयारी र खेलाडीमा सङ्क्रमणको परीक्षण लगायतको कारणले प्रतियोगिताको बाँकी रहेका खेल अझै पछाडि धकेलिने अनुमान गरिएको छ ।
Facebook Comment