आफ्नो प्रस्ताव भारतले अस्वीकार गरेपछि ट्रम्पले भने – ‘मोदीको मुड ठिक छैन’

डिसी नेपाल
१६ जेठ २०७७ १०:०२

काठमाडौं। चीन र भारतबीज जारी सीमा विवादका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको प्रस्ताव गरेका थिए । तर, भारतले उनको प्रस्ताव अस्वीकार गरेको छ । लगत्तै राष्ट्रपति ट्रम्पले मोदीको मुड ठिक नभएको टिप्पणी गरेका छन् । सीमा विवादका कारण मोदीको मुड ठिक नभएको भन्दै ट्रम्पले एकपटक फेरि मध्यस्थताको प्रस्ताव दोहोर्याएका छन् ।

ट्रम्पले भारत र चीनबीच ठूलो संघर्ष चलिरहेको बताए । सबैभन्दा धेरै जनसंख्या भएका दुई ठूला र बलियो सैन्य शक्ति भएका देशहरुबीच जारी विवादले भारत खुसी नभएको र सम्भवतः चीन पनि खुसी नभएको ट्रम्पले बताए । ट्रम्पले भने ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको छु तर अलिे चीनसँग जुन विवाद छ त्यसका कारण उनी राम्रो मुडमा छैनन् ।’

भारत र चीनबीचको तनावपूर्ण स्थितिमा अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यस्थताको प्रताव गरेका थिए । तर, भारतले यो प्रस्ताव अस्वीकार गरिसकेको छ । भारतीय विदेश मन्त्रालयले कुनै पनि तेस्रो पक्षको हस्तक्षेपको आवश्यकता नभएको बताएको छ । शान्तिसँग मुद्दा सुल्झाउनको लागि चीनसँग सम्पर्कमा रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *