१५०४ संक्रमित हुँदा पनि कोरोनाभाइरसमाथि विजय, अन्तिम बिरामी अस्पतालबाट डिस्चार्ज !
अकल्याण्ड। न्यूजिल्याण्डले कोरोनाभाइरसमाथि पूर्ण विजय हासिल गरेको छ । अहिले यहाँका अस्पतालमा १ जना पनि कोभिड १९ का बिरामी छैनन् र विगत १ हप्तादेखि नयाँ संक्रमित भेटिएका छैनन् । न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार एक प्रेस ब्रिफिङका क्रममा अस्पतालबाट सबै बिरामी डिस्चार्ज भएको जानकारी दिएको हो ।
बुधबार प्रेस ब्रिफिङको समयसम्म न्यूजिल्याण्डमा कूल १५०४ जना संक्रमितमध्ये १४६२ जना बिरामी निको भइसकेका थिए । २१ जनाको मृत्यु भएको थियो र २१ जना बिरामी एक्टिभ केसको रुपमा उपचाररत थिए । यद्यपि यी बिरामी अस्पतालमा भर्ना भएका भने थिएनन् । बिहीबार थप १२ जना निको भए र १ जनाको मृत्यु भयो । त्यसपछि ८ जना एक्टिभ केसको रुपमा बाँकी थिए । आज बिहानसम्म आइपुग्दा यहाँ थप ७ जना बिरामी निको भएका छन् र अब १ जना मात्र एक्टिभ केसको रुपमा बाँकी छन् ।
न्यूजिल्याण्डमा २६ फेब्रुअरीमा पहिलो संक्रमणको केस देखिएको थियो । उसले आफ्नो सीमा भने माचए १९ पछि मात्र बन्द गरेको थियो । मार्च २६ देखि मात्र यहाँ पूर्ण लकडाउन लागू गराइएको थियो । यहाँ कूल संत्रलमितको संख्या १५०४ पुगेपछि अघिल्लो शुक्रबारदेखि अहिलेसम्म एक हप्ताको अवधिमा १ जना पनि नयाँ संक्रमित थपिएका छैनन् । यहाँ मार्च ६ सम्ममा २१ जनाको मृत्यु भएपछि मृत्युको संख्या बढेको थिएन । यद्यपि झण्डै अढाइ महिनापछि यहाँ हिजो एक जनाको मृत्यु भयो ।
तर, न्यूजिल्याण्डको पछिल्लो मृत्यु कोरोनाभाइरसका कारण भएको भने होइन तर ती मृतक पहिले कोरोनाभाइरस संक्रमित भएको र निको भएको हुँदा उनको मृत्यु कोरोनाभाइरसबाट भएका मृत्युमा गणना गरिएको हो । उनी ९६ वर्षकी एलिन हन्टर नामकी महिला हुन् । उनी अप्रिलमा कोरोनाभाइरस संक्रमित पाइएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यहाँ उपचारपछि उनी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएकी थिइन् ।
Facebook Comment