चीन र टर्कीमा भन्दा भारतमा धेरैको मृत्यु, एकैदिन २६९ को ज्यान गयो
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ४ हजार ९८० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २६९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ ।
यो सँगै भारतले कोरोना भाइरसको उद्गमस्थल चीन र टर्कीको मृत्युदरलाई उछिनेको छ । कारोनाको संक्रमणबाट चीनमा ४ हजार ६३४ र टर्कीमा ४ हजार ४८९ जनाको ज्यान गएको छ ।
यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ८ हजार १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको छ ।
एकैदिन यतिधेरै संक्रमित थपिएसँगै भारत सबैभन्दा बढी कोरोना प्रभावित हुने विश्व सूचिको नवौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया
Facebook Comment