रुकुम घटनाः पोष्टमार्टम रिपोर्टले स्थिति झनै तनावग्रस्त, के लेखिएको छ रिपोर्टमा ?

काठमाडौं। रुकुम पश्चिममा भएको घटनामा मृतकहरुको पोष्टमार्टम रिपोर्टले स्थिति झनै तनावग्रस्त भएको छ । पोष्टमार्टम रिपोर्टले मृतकहरु भेरी नदीमा डुबेर मृत्यु भएको नभइ उनीहरुलाई मारेर भेरीमा फालिएको संकेत गरेको छ ।
रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी किशोरीलाई भगाउन भन्दै समूहमा पुगेका युवाहरुको शव भेरी नदीमा भेटिएको थियो । भेरी नगरपालिका–४, जाजरकोटका ५ जना युवाको शव भेटिएको थियो र उनहिरुको पोष्टमार्टम गरिएको थियो । भेरीमा भेटिएका ५ जनाको शव पोष्टमार्टममा उनीहरुको कुटपिटपछि हत्या गरिएको खुलेको छ ।
पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतककोे पेटमा पानी भेटिएको छैन । यदि डुबेर मृत्यु भएको भए मृतकको पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् । नेपाल समाचारपत्र दैनिकका अनुसार मृतक पाँचै जनाको टाउकोलगायत शरीरका विभिन्न अंगमा गहिरो चोट देखिएको छ । उनीहरुको डुबेर मृत्यु भएको अवस्थामा पेटमा पानी हुनुपर्ने चिकित्सकले जनाएका छन् । यस्तो रिपोर्ट आउनुले घटनालाई थप शंकास्पद बनाएको छ ।
Facebook Comment