१८९ जना नयाँ संक्रमित थपिए

काटमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १८९ जना संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या १४०१ पुगेको छ ।
पछिल्लो पटक १३ जना कोरोनाभाइरस मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म कूल २१९ जना डिस्चार्ज भएका छन् ।
शनिबार स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार कपिलवस्तुमा १०९ जना, सप्तरीमा ९ जना, सर्लाहीमा १७, झापामा १, बारामा १, पर्सामा १, रौतहटमा ६, दाङमा ५, धनुषामा ७ जना, ललितपुरमा १ जना, महोत्तरीमा ४ जना, सिराहामा ११ जना, दैलेखमा १४ जना, शंखुवासभामा २ जना रहेका छन्।
प्रतिक्रिया
Facebook Comment