विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गरिने

काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ ।
राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ ।
सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । शनिबारै बसेको सुरक्षाा परिषद्को बैठकले विदेशबाट आउने नेपालीको व्यवस्थापनमा र संक्रमण बढी फैलिएको स्थानमा सेना परिचालन गर्न सिफारिस गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment