विश्वभर झन् बढ्यो कोरोना संक्रमण, ब्राजिलमा सबैभन्दा धेरै संक्रमित

काठमाडौँ । विश्वका २१३ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख २४ हजार १०३ जना संक्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या ६१ लाख ५० हजार ४८३ पुगेको छ।
विश्वभर एक लाखको हाराहारीमा थपिँदै आएको कोरोना संक्रमित दर पछिल्ला केही दिनदेखि निकै बढेको वल्डोमिटरले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा बसैभन्दा धेरै मानिस ब्राजिलमा संक्रमित भएका छन् । शनिबार ब्राजिलमा मात्र ३० हजार १०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ । जना कोरोनाबाट २८ हजार ८३४ जनाको ज्यान गएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार १५ जनाको ज्यान गएको छ भने ब्राजिलमा ८९० जनाको ज्यान गएको छ ।
Facebook Comment