नेपाली चलचित्रका बरिष्ठ कलाकार ठकुरी रहेनन्

काठमाडौं। वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । ललितपुर बागडोलस्थित निवासमा आइतबार बिहान करिब ११ बजेको समयमा उनको निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।
फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरीले ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै चलचित्रमा काम गरेका थिए । लामो समयदेखि ठकुरी पक्षाघातका कारण घरमै थिए । उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित ठकुरीको निधनबारे चलचित्र निर्देशक अशोक शर्मा, दीपाश्री निरौला लगायतले फेसबुकमार्फत जानकारी दिँदै श्रद्धाञ्जली दिएका छन् ।
प्रतिक्रिया
Facebook Comment