त्रिभुवनचोकमा राष्ट्रिय झण्डा राखिने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समपूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा उपमहानगरपालिकाका लागि समपूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा स्तम्भ निर्माण गरी राष्ट्रिय झण्डा राख्नाका साथै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी भएकाले पुनरवलोकन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
Facebook Comment