जोखिमपूर्ण मातृत्व न्युनिकरणका लागि आवश्यक कदमहरु
कोभिड (१९ को महामारीले विश्वलाइ नै प्रभावित गरेको अवस्थामा नेपाल यस परिस्थितिबाट अछुतो छैन। विगत ६८ दिनदेखि नेपाल लकडाउनको अवस्थामा छ। यसरी देशनै ठप्प भएको अवस्थामा आम मानिसहरुको जनजीवन कष्टकर बनिरहेको छ भने महिला त्यसमा पनि गर्भवती एवं सुत्केरी महिलाको अवस्था निकै जटिल बन्दै गएको छ। पौष्टिक आहारको त कुरै छौडौ, दुई छाक खान पनि धौधौ परेको छ। भारतका सीमा नाकाबााट आउने यस्ता महिलाको अवस्था निकै दयनीय रहेको छ, जसलाई राज्यले चाडो भन्दा चाडो सम्वोधन गर्न सक्नुपर्छ।
अनुकुल परिस्थितिमा पनि नेपालको परिप्रेक्ष्यमाा आमा र ५ वर्ष मुनिका बच्चाहरुको पोषणको स्थितिमा धरै सुधार गर्नपर्ने देखिन्छ। सफल मातृत्वका लागि पौष्टिक आहारको उपलव्धतामा विषेश ध्यान दिन नितान्त जरुरी छ।
नेपाल जस्तो विकासोन्मख देशहरुमा देखिएको महिला स्वास्थ्य सम्वन्धि समस्याहरु धरै जसो कुपोषण र लैंगिक विभेदको परिणाम हो भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। मातृ मृत्यदर घटाउनमा हाल विश्वले नै चासो लिँदै आइरहेको छ र संयक्त राष्ट्रसंघले पनि सन् १९९० देखि २०१५ सम्ममा तीन चौथाइ आमाहरुको मृत्यदर घटाउने उद्देश्य लिएकोे थियाे।
त्यस अनुरुप आफ्नो कार्ययोजनालाई सकारात्मक रुपमा कार्यान्वयन गर्दा मातृ मृत्युदर घटाएको हुँदा नेपालले पुरस्कृत हुने अवसर पनि पाएके थियो। तर २०७६ को चैत्र महिनामा मात्र ५३ महिलाले आमा बन्ने सौभाग्यबाट वञ्चित भई मृत्युवरण गर्नु परेको छ। कोरोनाको कहरबााट हालसम्म ८ जनाको मृत्यु हुँदा देश आतंकित बनेको अवस्थामा पोषणयुक्त खानाको अभावमा सुरक्षित गर्भावस्था हुन नसकी यति धेरै महिलाको मृत्यु एक महिनामा हुनुले निश्चय पनि हाम्रो स्वास्थ्य अवस्थालाई चित्रित गर्दछ।
हाम्रो गाउँ ठाउमा नै सजिलैसँग पाइने साग, सिस्नु, कोदो, फापर, तिल, लासुन, अदुवा गेडागुडी लगायतका खाद्य पदार्थले खानामा स्वाद त बढाउँछ नै, यसले व्यक्तिको रोगसँग लड्न सक्ने रोग प्रतिरोघात्मक क्षमताको पनि वृद्धि गर्दछ, जुन गर्भावस्था, सुत्केरी अवस्था लगायत अहिलेको कोरोनाको कहरमा समेत उपयोगी सावित हुन सक्छ।
मातृ मृत्यदर घटाउन सरकारी, गैरसरकारी एवं स्थानीय समुदायको एकीकृत प्रयास जरुरी देखिन्छ। यसका लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने र प्राथमिकताको आधारमा सम्पन्न गर्न जरुरी देखिन्छ। मतृ मृत्यदर घटाउन सफल भएका दशकहरुमा अपनाइने साझा प्रकृया दक्ष स्वास्थ्यकर्मीहरुको उपस्थिति सत्केरी गराइने र आफ्ना स्वास्थ्य केन्द्रबाट उपयक्त उपचार सम्भव नभए समयमानै सविधा सम्पन्न स्वास्थ्य केन्द्रमा गरिने सम्पेषण प्रणाली प्रमुख रहेको छ।
गर्भवती महिलाहरुमा देखिने प्रशुती कुपोषणले आमा तथा गर्भमा रहेको भ्रुणलाईसमेत प्रत्यक्ष नकारात्मक असरहरु पुर्याइरहेको हुन्छ। कुपोषणको कारणले शरीरलाइ आवश्यक पर्ने तत्वहरुमा कमी ल्याउँदछ, र व्यक्तिको रोगहरु विरुद्ध लड्ने क्षमतामा पनि ह्रास ल्याउँदछ। त्यसैले गर्भावस्थामा ख्वाउने पोषिलो आहारले मातृ शिशु मृत्युदर घटाएर दुवैको स्वास्थ्य स्थितिमा सुधार ल्याउने छ।
दक्षिण एसियाका अधिकांश देशहरुमा गर्भावस्थामा महिलाहरु मध्ये झण्डै आधाको रगतमा आइरनको कमी देखिएको छ। रगतमा आइरनको कमी हुनुलाई रक्तअल्पता वा एनिमीया भनिन्छ। आइरन कम भएर हुने रक्त अल्पताको कारण विकासोन्मुख देशममाप्रति १० जनामा एक जना महिलाको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन्।
केवल आइरनन सेवन यस समस्याको समाधान भएता पनि आइरन चक्की उपलव्ध गराउने कार्यक्रमहरु ल्याउन सरकारी तथा गैरसरकारी निकायहरु त्यति धेरै जागरुक भएको जस्तो देखिँदैन। जसको फलस्वरुप यस्ता कार्यक्रमहरु प्रभावकारी भैरहेको छैन। असफल गर्भावस्थाको दोस्रो प्रमुख कारण गर्भवती महिलाको तौल कम हुनुपनि रहेको छ। दक्षिण एसियाली देशहरुमा आधा भन्दा बढी यस्ता महिलाहरुको तौल आवश्यकता भन्दा कम देखिएको छ।
कम तौलका कारणले हुने असफल मातृत्वलाई रोक्न उपयुक्त खाद्य पदार्थहरु उपलव्धताको कार्यक्रमहरु प्रभावकारी हुन सक्दछ। त्यसै गरी उमेर पुगेपछि मात्र विवाह गर्ने र तत्पश्चात गर्भवती हुनाले पनि कम तौलको शीशु जन्मिने, गर्भपतन हुने वा अल्प विकसित शिशु जन्मने जस्ता खतरा घटाएर गर्भावस्थालाई सफल बनाइ गौरवपूर्ण बनाउन सक्दछ।
नेपालको महिलाहरुमा विशेष गरी गर्भावस्थामा देखिने कुपोषणको स्थिति भौगोलिक विविधता अनुसार फरक फरक छ। हिमाली तथा पहाडी क्षेत्रमा कम तौल भएका शिशुहरु जन्मिन्छन् भने तराइमा गर्भवती महिलाहरुमा कुपोषण अत्याधिक देखिएको छ।
आफ्नै गाउँ ठाउँमा उपलव्ध भएको धेरै खाद्य पदार्थहरुको सही उपयोगवाट कुपोषणलाइ हदसम्म घटाउन सकिन्छ। मौसम अनुसारको फलफूल तथा हरियो सागपातको सेवनले शरीरमा भिटामिनको कमिलाई घटाउँछ भने चामल गहँु आदि अन्नले शक्ति प्रदान गर्नुका साथै तौलमा पनि बृद्धि गर्दछ। गेडागुडीहरु प्रोटिनका राम्रो स्रोत हुन्।
जुन बच्चाहरुको विकासका लागि जरुरी हुन्छ। त्यसैगरी सिस्नुमा क्याल्सीयम भन्ने खनिज पदार्थ अत्याधिक हुन्छ जुन बढ्ने बच्चाहरु तथा महिलाहरुको लागि विशेष गरी स्तनपान गराउने आवश्यक तत्व हो। कोदोमा गर्भवती महिलाहरुलाई अति आवश्यक पर्ने आइरन प्रचुर मात्रामा पाइन्छ।
हाम्रो गाउँ ठाउमा नै सजिलैसँग पाइने साग, सिस्नु, कोदो, फापर, तिल, लासुन, अदुवा गेडागुडी लगायतका खाद्य पदार्थले खानामा स्वाद त बढाउँछ नै, यसले व्यक्तिको रोगसँग लड्न सक्ने रोग प्रतिरोघात्मक क्षमताको पनि वृद्धि गर्दछ, जुन गर्भावस्था, सुत्केरी अवस्था लगायत अहिलेको कोरोनाको कहरमा समेत उपयोगी सावित हुन सक्छ।
त्यसैले अलिकति ज्ञान र सुझबुझले प्रयोग गरी जटिल समस्याको रुपमा देखापरेको कुपोषणबाट सजिलै छुटकारा पाउनुको साथै अवान्छित मातृ मृत्युदरलाई पनि घटाउन सकिन्छ। आफ्ना प्रत्येक नागरिकको जीवन रक्षा गर्नु राज्यको प्रमुख दायीत्व हो।
जनतालाई यसको प्रत्याभुति दिन सक्नु पर्छ। त्यसैले जनतामुखी कार्य योजनाहरु बनाउने र यसलाई सरकारी एवं गैरसरकारी तवरले कार्यान्वयन गर्ने र गराउने साथै स्थानीय श्रोत साधनलाई परिचालन गरेर वढी भन्दा बढी प्रतिफल लिन सके कार्यक्रमलाइ प्रभावकारी बनाउन सकिन्छ।
Facebook Comment