भतेरीमा प्रदेशस्तरीय खेलमैदान निर्माण शुरु

दमौली । व्यास नगरपालिकास्थित माथिल्लो मादी नदी भतेरीमा प्रदेशस्तरीय खेलमैदान निर्माण गर्न थालिएको छ।
व्यास–१० भतेरीमा नदीले कटान गरेर बचेको सार्वजनिक जग्गामा खेल मैदान निर्माण गर्न लागिएको हो।
वडा कार्यालयले आर्थिक वर्ष ०७६/०७७ को बजेटमा रु तीन लाख विनियोजन गरेपछि निर्माण अघि बढाइएको भतेरी खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष अञ्जन दरैले जानकारी दिए ।
उक्त क्षेत्रमा रहेको करीब १५० रोपनी जमीन डोजर लगाएर समथर बनाइनाका साथै खाल्डाखुल्डीमा अन्यत्रबाट रातो माटो ल्याएर भरिएको छ ।
५० औँ वर्ष अगाडि मादी नदी बगेको र पछि अन्यत्र बगी बचेको जग्गा सदुपयोग गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।
उनले भने ‘नगरस्तरीय योजनामा समेत समावेश गरी खेलमैदानलाई राम्रो व्यवस्थापन गर्ने लक्ष्य छ।’ प्रदेश सरकारबाट खेलमैदान क्षेत्रमा रहेको मादीनदीमा सुरक्षित तटबन्धनका लागि रु एक करोड विनियोजन भएपछि बोलपत्र गरी निर्माण शुरु गर्न लागे पनि बन्दाबन्दीका कारण रोकिन पुगेको उनले बताए ।
आगामी भदौदेखि तटबन्धको काम अघि बढाउने योजना छ । ‘युवाको स्वास्थ्यका लागि खेल’ भनी नगरपालिकाकाले नारा पनि राखेको छ ।
खेलकूद क्षेत्रले मानव जीवनलाई स्वास्थ्य राख्न सहयोग पुग्ने हुँदा खेलमैदान निर्माणका लागि तनहुँका सबै स्थानीय तहले बजेट विनियोजन गर्दै आएका छन्।
Facebook Comment