घेराबन्दीमा परेको चीनलाई अमेरिकाले जुराइदियो ठूलो अवसर

डिसी नेपाल
२० जेठ २०७७ १३:१८

काठमाडौं। कोरोनाभाइरसका बारेमा सुरुवाती सूचना लुकाएका आरोपसहित विश्वका कैयौं देशबाट घेराबन्दीमा परेको चीनका लागि अमेरिकाले ठूलो मौका जुराइदिएको छ । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युपछि भएको प्रदर्शनप्रति ट्रम्प प्रशासनको व्यवहारलाई लिएर चीनले अमेरिकामाथि अवाफ आक्रमण गरको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार अमेरिकामाथि प्रदर्शनकारीहरुप्रति दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

झओले भने ‘अमेरिका हङकङका प्रदर्शनकारीहरुको त तारिफ गर्छ तर जब उसको देशमा नागरिक प्रदर्शन गर्छन् अनि उनीहरुलाई दंगाकारी करार गरिएको छ ।’ झाओले हङकङ र अमेरिकामा विरोध प्रदर्शनका पछाडि फरक फरक शक्तिहरु भएको बताए । हङकङ प्रदर्शनको क्रममा देश टुक्र्याउनको लागि आन्तरिक र बाह्य शक्तिहरुले मिलेर काम गरेको उनले बताए । यी शक्तिहरुले सत्तालाई हटाउने र आतंककारी आक्रमण गराउने प्रयास गरेको उनले बताए ।

‘स्वतन्त्रता समर्थकहरु आन्दोलनमा कालो कपडा लगाएका देखिए । भीडले राष्ट्रिय सुरक्षालाई गम्भीर खतरामा पारेको थियो’ प्रवक्ता झाओले भने ‘अमेरिकाले हङकङका प्रदर्शनकारीहरुलाई त हिरोजस्तै महिमामंडित गर्यो तर अमेरिकामा नश्लवादी मानसिकताका कारण निराश भएर सडकमा उत्रिएका नागपिरकलाई दंगाकारी भनिरहेको छ ।’ अमेरिकाले हङकङ पुलिसले प्रदर्शनकारीहरुलाई रोक्ने प्रयासको आलोचना गर्ने तर अमेरिकी आन्दोलनकारीहरुलाई गोली हान्ने र नेशनल गार्ड ट्रुप्स समेत परिचालन गर्ने उनले आरोप लगाए ।

झाओले अगाडि भने ‘यो घटनाबाट थाहा हुन्छ कि अमेरिकामा नश्लीय भेदभावको समस्या कति गम्भीर छ र यसलाई तुरुन्त समाधान गर्नुपर्ने आवश्यकता छ । अल्पसंख्यकहरुको कानुनी अधिकारको सुरक्षा गर्नुपर्छ ।’ अमेरिकामा भइरहेको विरोध प्रदर्शनका बीच चीनको सामाजिक संजालमा पनि ट्रम्प प्रशासनले हङकङमा अशान्ति फैलाउने काममा भूमिका निभाएको आरोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *