ईङल्यान्ड, श्रीलंका पछि अष्ट्रेलियाका खेलाडीहरु प्रशिक्षणमा

काठमाडौं । इङल्यान्ड, श्रीलंका पछि अष्ट्रेलियाका क्रिकेटरहरूले सोमबारदेखि प्रशिक्षण सुरु गरेका छन। स्टीव स्मिथ बाहेक डेभिड वार्नर, तिव्र गतिका बलर मिशेल स्टार्कले सोमबार सिडनीको ओलम्पिक पार्कमा अभ्यास गरे। प्रशिक्षणको बेला फ्यानहरूलाई आउन अनुमति दिईएको छैन।
प्रशिक्षणको बारेमा स्मिथले भने, “म आफूलाई वर्षौंपछि राम्रो अवस्थामा पाएको अनुभव गर्दैछु। रनिङ र जिमको माध्यमबाट मैले आफूलाई फिट राखे।” उनले भने, “मैले लकडाउनबाट राम्रो फाइदा लिएँ र शारीरिक बाहेक स्वास्थमा पनि जोड दिएँ।”
क्रिकेट अष्ट्रेलियाको आर्थिक स्थिति कोरोनाका कारण बिग्रिएको छ। जसकारण सिएले करिब २०० भन्दा बढी कर्मचारीहरुलाई बिदा गरेको छ। साथै चाँडैने अष्ट्रेलियाली क्रिकेट टिमका सहयोगी स्टाफहरुको पनि काटैती हुन सक्छ। स्मिथ पनि यसको लागि तयार छन ।
उनी भन्छन, “धेरैजसो विशेषज्ञहरु पछिल्लो केहि बर्षहरु देखी टोलीसंग आवद्ध छन। यदि तिनीहरूलाई हटाइयो भने खिलाडीहरूलाई सुरुमा तालमेल राख्न कठिनाई हुनेछ। यस्तो अवस्थामा, पुराना खेलाडीहरूले युवा खेलाडीलाई बलिङ र ब्याटिङमा सहयोग गर्नुपर्नेछ।”
सिएले हालै आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको घोषणा गरेको छ। अष्ट्रेलियामा क्रिकेट ९ अगस्त देखि देश मा शुरू हुनेछ। अष्ट्रेलिया सुरुवातमा जिम्बावे बिरूद्ध टि २० सीरिज आयोजना गर्नेछ। त्यसपछि अष्ट्रेलियाले अफगानिस्तान र भारत बिरूद्ध टि २० सीरीज खेल्नुपर्नेछ। उही समयमा अष्ट्रेलियामा टि २० वर्ल्डकप पनि अक्टुबर–नोभेम्बरमा आयोजना हुने छ। यद्यपि वर्ल्डकप हुने सम्भावना कम छ।
Facebook Comment