दावी भुक्तानीको दायित्व बहन गर्न नसकिने भएपछि कोरोना बीमा बन्द
काठमाडौं । बीमा समितिले बैशाख पहिलो साताबाट सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बिमा बन्द भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बीमा कम्पनीहरुले कोरोना शुक्रबारबाट पोलेसी बिक्री गर्न बन्द गर्ने निर्णय गरेका हुन् । यसबारे समितिललाई समते जानकारी गराइको छ ।
संक्रमितको संख्या बढेसँगै दावी भुक्तानीको दायित्व बहन गर्न नसकिने भएपछि कम्पनीहरु थप पोलेसी बिक्री नगर्ने निर्णय गरिएको नेपाल बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी प्रमुख चंकी श्रेत्रीले जानकारी दिए ।
यसअघि बीमा गरिसकेका व्यक्तिको भने कम्पनीहरुले पोलेसीको सेवा सर्त अनुसार नै दायित्व बहन गर्नेछन् ।
हालसम्म ३ लाख भन्दा बढीले कोरोना भाइरस बीमा गराइसकेका छन् । जसबाट जसवापत १६ करोड रुपैयाँ भन्दा धेरै बीमा शुल्क आर्जन भएको छ ।
सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने भएपनि नेपालमा निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नर्बीमा कम्पनीको सहकार्यमा कोरोना बीमा पोलिसी जारी गरेको थियो ।
एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक रकम रहेको पोलेसी खरिदका लागि तीनसँग देखि एक हजार रुपैयाँसम्म बिमाशुल्क तोकिएको छ ।
बिमितको पीसीआर परीक्षणमा पोजिटिभ देखिएमा तत्कालै दावी भुक्तानी हुने व्यवस्था छ ।
सरकारले पनि यस बिमालाई प्रोत्साहन गर्दै आगामी आथिक वर्षको बजेटमा सामुहिक कोरोना बीमाको प्रिमियममा ५० प्रतिशत छुट दिने र सरकारी कर्मचारीको पनि कोरोना बिमा गर्ने उल्लेख गरेको थियो ।
Facebook Comment