अत्यावश्यक सामानको ओसारपसारमा भएको अवरोध प्रति गृहमन्त्रालयको ध्यानाकर्षण (विज्ञप्ति सहित)

डिसी नेपाल
२२ जेठ २०७७ १९:०३

काठमाडौं । गृहमन्त्रालयले लकडाउनको समयमा अतवश्यक सामानको ओसार पसारमा भएको अवरोध प्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बन्दाबन्दीको समयमा तरकारीको ओसारपसारमा अवरोध भई खाल्डो खनेर गाडिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा यस्तो कार्य गर्ने गराउनेलाई कानून बमोजिम कारवाही हुने समेत जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकार बन्दाबन्दीको आदेश जारी भएपश्‍चात स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरुको उत्पादन, संकलन, ढुवानी र विक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

यसरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराई तरकारी, फलफूल लगायतका वस्तुहरु उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भैरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानून विपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जोकोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने व्यहोरा पनि जानकारी गराइन्छ ।

तसर्थ यस प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्तिरनिकायरसंघसंस्था सहभागी नभइदिनुहुन अनुरोध गरिन्छ । कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनले कुनै पनि कसर बाँकी नराख्‍न समेत यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *