गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

डिसी नेपाल
२२ जेठ २०७७ १९:४७

कास्की । गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यस अघि लगातार तीन दिनसम्म सदस्यहरूले प्रस्तावका सम्बन्धमा छलफल गर्नुभएको थियो । छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

बैठकको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले नीति तथा कार्यक्रमले प्रदेशवासीका आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न नसकेको टिप्पणी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *