डा. विकास देवकोटाले भने, ‘भोलीदेखि म लाइभ आउने छैन’

डिसी नेपाल
२५ जेठ २०७७ १७:१६

काठमाडौं । स्वास्थ्य मन्त्रालयको प्रवक्त रहेका डा. विकास देवकोटाको जिम्मेवारीमा हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले अब आफू स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेबारीमा नरहेको औपचारिक जानकारी दिएका छन् ।

उनले जिम्मेबारी हेरफेर भएकोले अबदेखि लाइभ प्रसारणमा समेत आफू उपस्थित नहुने जानकारी दिए । उनले मन्त्रालयको प्रवक्ताका रुपमा रहँदा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले भने, ‘चैत ११ गतेदेखि सुरु गरेको लाइभ प्रसारणले मलाई धेरै कुरा सिकायो, संचारकर्मीहरुको सदभावका लागि धन्यावाद दिन चाहान्छु।’
‘मैले पनि बेला–बेलामा फोन उठान नपाएको गुनासो पनि यहाँहरुले गर्नु भएको छ । छोटो समय मात्र कुरा गरेको अवसर हुन्छ। त्यसको लागि परिस्थिति तेस्तो थियो भनेर बुझिदिनुहोला,’ जाँदाजाँदै देवकोटाले भावुक हुँदै भने।

कोरोना महामारी सुरु हुनुअघिदेखि नै स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ, भने प्रवक्तामा डा. जागेश्वर गौतमलाई ल्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *